काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले नवनिर्वाचित सांसदलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंस्थित एक पार्टी प्यालेसमा सोमबार (चैत १६) कांग्रेसका नवनिर्वाचित सांसदलाई स्वागत तथा बधाई कार्यक्रम राखिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले भने, “हामीले कांग्रेसका सबै नवनिर्वाचित सांसदलाई स्वागत एवं बधाई कार्यक्रम राखेका छौँ । कांग्रेस एउटै छ । हामीले कसैलाई पाखा लगाएका छैनौँ ।”

कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १८ जना विजयी भएका छन् । समानुपातिकबाट २० जना सांसद चुनिएका छन् । राष्ट्रियसभामा ९ जना विजयी भएका छन् ।