काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले अभिभावक संस्था (अल्मुनाइ) गठनको तयारी गरेको छ।
सल्लाहकार एवम् अभिभावक संस्था गठनको लागि अध्ययन गर्नको लागि तीन सदस्य समिति गठन गरिएको अध्यक्ष दुजाङ शेर्पाले बताए।
यमकृष्ण पौडेलको संयोजकत्वमा गठित समितिमा सिर्जना स्नेही र श्यामराज ओझा सदस्य छन्।
समितिले सङ्घका अध्यक्ष, पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूसँग छलफल गर्नेछ।








