काठमाडौं । बलात्कार आरोपमा कैलाली र संखुवासभाबाट दुईजना पक्राउ परेका छन् ।

कैलालीमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका-७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

अमनले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीकाआधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, संखुवासभामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चैनपुर नगरपालिका-७ फलाटे बस्ने १९ वर्षीय निसान कार्की आइतबार साँझ पकउ परेका छन् ।

निसानले ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।