पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमा छोड्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो । ओलीलाई गैरकानूनी थुनामा राखिएको भन्दै पत्नी राधिकाले बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।






