ललितपुर । जुवातास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–१ दमाईटार बस्ने विदुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सरोज महर्जनसमेत सातजनालाई सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १२५ र तीन बुक ताससहित पक्राउ गरेको हो ।








