काठमाडौं । साइवर ब्यूरोले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका वडा नं। १२ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ३५ वर्षीया भगवती खड्का रहेकी छन् । उनी रेसलर तथा एमाले समर्थक हुन् ।
खड्काले सामाजिक सञ्जालमा पीडित महिलाको फोटोमा अश्लिल कमेण्ट गरी सार्वजनिक रुपमा बेइज्जत गराई, घृणा, द्वेष फैलाई चरित्र हत्या गरेको भन्दै पीडितले ब्यूरोमा निवेदन दिएकी थिइन् ।
खड्कालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति २०८२ चैत १७ गते काठमाडौंबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।








