सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको आरोपमा कञ्चनपुरमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बिचौलियाको काम गर्दै आएका चार तथा यातायात कार्यालयबाट दुई र मालपोत कार्यालयबाट एक जनालाई पक्राउ गरिएको हो ।

प्रशासन कार्यालयअघिबाट बेदकोट नगरपालिका–५ धरमपुरका सालम बोगटी, दिल विक, सागर घरेडी र दिपेन्द्रकुमार बोहरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू विभिन्न अनलाइन सेवा केन्द्रमा कार्यरत रहेका थिए ।

यस्तै यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय अगाडि सेवाग्राहीलाई हैरानी दिएको सूचनापछि थप तीन जनालाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कपिल जोशी, हिमान्शु चन्द र कैलाश सुनार रहेका छन् ।