काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर ‘इन्जिनियर्ड इन जापान’ अवधारणामा आधारित सेन्सेइ ब्रान्डले ‘सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर प्लस चढिन्छ’ उपभोक्ता योजना सार्वजनिक गरेको छ । दैनिक जीवनलाई सहज र आधुनिक बनाउने घरायसी उपकरणसँगै उपभोक्तालाई उत्साहजनक लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत सेन्सेइका विभिन्न घरायसी उपकरण खरिद गर्दा ग्राहकले २८ हजार ७०० रुपैयाँसम्मको तुरुन्त नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । उत्पादनअनुसार निश्चित उपहारको पनि व्यवस्था गरिएको छ ।

अगाडिबाट लोड हुने कपडा धुने मेसिन खरिदमा ६ केजी एरियल तथा अर्धस्वचालित कपडा धुने मेसिन खरिदमा एक केजी एरियल उपलब्ध गराइनेछ । वातानुकूलन यन्त्र खरिदमा निःशुल्क जडान सेवा प्रदान गरिनेछ, जसले ग्राहकलाई थप सहजता दिनेछ ।

अभियानको मुख्य आकर्षणका रूपमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल बम्पर उपहार राखिएको छ । ग्राहकले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि लक्की ‘ड्र’मा सहभागी हुन सक्नेछन्, जसबाट एकजनाले उक्त मोटरसाइकल जित्ने अवसर प्राप्त गर्नेछन् ।

सेन्सेइले चौधरी समूहअन्तर्गतको फ्रिज, वातानुकूलन यन्त्र, कपडा धुने मेसिन, हावा चिस्याउने यन्त्र, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर, एलईडी टीभीलगायत विभिन्न उत्पादन उपलब्ध गराउँदै आएको छ ।

जापानी प्रविधिमा आधारित डिजाइन, टिकाउपन र किफायती मूल्यका कारण सेन्सेइले छोटो समयमै उपभोक्तामाझ विश्वासिलो ब्रान्डका रूपमा आफ्नो स्थान बनाएको छ ।

नेपालभर सीजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध सेन्सेइ ब्रान्डले आफ्ना शो रूम तथा अधिकृत डिलर सञ्जालमार्फत सहज पहुँच सुनिश्चित गर्दै आएको जनाइएको छ ।