पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा परेको छ।
आइतबार दिउँसोदेखि न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ सुरू भएको थियो। आज ओली र लेखकको तर्फबाट वकिलहरूले बहस गरेका हुन्।
बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।
भदौ २३ र २४ को घटनासँग सम्बन्धित बनेको जाँचबुझ आयोगको सिफारिसअनुसार ओली र लेखकमाथि अनुसन्धान र अभियोजन गर्न भनेर प्रहरीले दुवैलाई चैत १४ गते बिहान पक्राउ गरेको थियो।
उनीहरूमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।








