नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदीको २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ ।प्रकाशित मिति: सोमबार, असार २२, २०८३ १०:५९