काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै अपमानजनक तथा अश्लिल गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोख्रेललाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।पाँचथर फाल्गुनन्द गाउँपालिका -७ दोबाटेका रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो।यसअघि २०८२ चैत २६ गते पक्राउ परेका पोखरेललाई प्रहरीले परिवारको जिम्मा लगाएको थियो । अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उनको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरिएको भिडियो, स्टाटस र अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम तथा टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीलाई अश्लिल गालीगलौज गर्ने रोशन पोख्रेललाई थुनामा पठाउन आदेश

दिब्य पाना
असार २३ गते २०८३
1:48 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

प्रियंका भन्छिन्, ‘बच्चालाई पढेर वा बोलेर सिकाउने होइन, बाँचेर सिकाउनुहोस्’
कार्तिक ३ गते २०८३
कांग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने
कार्तिक ३ गते २०८३
दार्चुला कारागारमा पुस्तकालय स्थापना
कार्तिक ३ गते २०८३
दसैंको रौनकसँगै तिनकुनेमा लिंगे पिङको रमाइलो (तस्बिरहरू)
कार्तिक ३ गते २०८३
ओरालो लाग्यो सुनचाँदीको भाउ, एक सातामै सुन तोलामा ४७ सय सस्तियो
कार्तिक ३ गते २०८३
मासुसँगै रक्सी खाँदा अड्किन सक्छ घाँटीमा हड्डी, के गर्ने ?
कार्तिक २ गते २०८३
दसैँमा मासुका परिकार खाँदा के-के कुरामा ध्यान दिने ?
कार्तिक २ गते २०८३