काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ ।परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिजारी गर्दै उक्त आममाफीको सदाशयपूर्ण कदमलाई नेपाल र युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ ।आममाफीको निर्णय मन्त्रालयको निर्देशनानुुसार आबुधाबीस्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको हो ।माफीप्राप्त नेपाली नागरिक, अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा, युएईको प्रचलित कानुनबमोजिम आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन् ।
युएईद्वारा १११ नेपालीलाई आममाफी

दिब्य पाना
असार २३ गते २०८३
2:56 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार
इरानले बहराइन, कुवेत, जोर्डन र कतारमा आक्रमण गरेको दाबी गरेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणको प्रयास निष्क्रिय पारिएको जनाएको छ ।
असार २८ गते २०८३
२५ जनाको ज्यान लिने ‘ध्रुवे’ अब नियन्त्रणमा, दाह्रा काटेर रेडियो कलर जडान गरिने
असार २४ गते २०८३
पेनाल्टी मिसबारे मेसीले भने- त्यसबेला म आफैँसँग झोक्किएको थिएँ
असार २४ गते २०८३
राष्ट्र बैंक र पर्यटन विधेयक संसदीय समितिमा, दफावार छलफलको खुल्यो बाटो
असार २४ गते २०८३
प्रधानमन्त्री बालेनले 'ढुक्क हुनुहोस्' भनेका थिए, आपतमा पारे!
असार २४ गते २०८३
युएईद्वारा १११ नेपालीलाई आममाफी
असार २३ गते २०८३
कानुन मन्त्रालय पुग्यो एकीकृत कृषि विधेयक
असार २३ गते २०८३