काठमाडौँ । जय नेपाल पार्टीले नेपालमा गौहत्या रोक्न र होटल तथा रेस्टुरेन्टहरूमा बीफ (गाईको मासु) को बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै अभियान सुरु गरेको छ।

पार्टीले गाई नेपालको राष्ट्रिय जनावर भएको स्मरण गराउँदै यसको सम्मान र संरक्षण गर्नु सबैको दायित्व भएको उल्लेख गरेको छ।