जनकपुरधाम – पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको ‘बाघ-मित्र अभियान’ प्रभावकारी बन्दै गएको छ ।
अभियानको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाका विषयमा आयोजित कार्यशालामा सहभागी सरोकार भएका निकायका प्रतिनिधिले मानव सुरक्षा, जोखिम पहिचान, प्रारम्भिक सूचना प्रणाली तथा समुदायको सहभागितालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।



