यूकेको सबैभन्दा ठूलो प्रविधि कम्पनीका मालिकले मानिसले हाम्रो जीवनकालमा पत्ता लगाउन नसक्ने क्यान्सरको उपचार आर्टिफिसिअल इन्टेलिजेन्सले पत्ता लगाउने बताएका छन्।

केम्ब्रिजस्थित चिप डिजाइन गर्ने आर्म होल्डिङ्ग्सका प्रमुख कार्यकारी रेने हाजले डीएनए मार्करलाई क्यान्सरले कसरी असर गर्छ भन्ने कुरा अहिले “धेरै जटिल” समस्या भएको र कम्प्युटरहरूले भविष्यमा “यसलाई समाधान गर्ने” बताएका हुन्।