गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)ले भोटेकोसी बाढीपीडितलक्षित तीन अर्ब ३३ करोड ६२ लाख ७२ हजार ९५८ रुपैयाँबराबरका कार्यक्रम स्वीकृत गराएका छन् ।

एनजीओ र आईएनजीओले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको समाज कल्याण परिषद्‌बाट कार्यक्रम स्वीकृत गराएका हुन् । यी कार्यक्रम यही असोज १५ गतेसम्म स्वीकृत गराइएको हो ।