दसैँ । यो शब्द सुन्नेबित्तिकै हरेक नेपालीको मनमा आफ्नै घरको आँगन, आमाको हातको टीका, बुबाको आशीर्वाद, जमरा, पिङ र परिवारसँग बसेर खाएको मीठो खानाको सम्झना आउँछ।

दसैँ नेपालीहरूको सबैभन्दा ठूलो चाड मात्र होइन, यो वर्षभरि टाढिएर बसेका परिवारका सदस्यहरूलाई फेरि एकै ठाउँमा ल्याउने भावनात्मक अवसर पनि हो। जहाँ भए पनि, जसरी भए पनि दसैँमा घर फर्किनुपर्छ भन्ने भावना हरेक नेपालीको मनमा हुन्छ। तर के सबै नेपाली दसैँमा घर फर्किन पाउँछन् त ?