वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किएका छन् । उनको संगीत रहेको ‘रातो टीका जमरा’ बोलको गीत सार्वजनिक भएको छ ।
दसैँको उल्लास, रातो टीका, जमरा र परिवारसँगको आत्मीयतालाई समेटेर तयार पारिएको गीतमा कृष्ण विक र जुनु रिजालको स्वर रहेको छ । वेद जोशीको शब्द रहेको गीतमा अधिकारीले संगीत दिएका छन् । महाराज थापाले संगीत संयोजन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।








