पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाल मुछिएको पतञ्जली जग्गा हिनामिना प्रकरणमा मुद्दाको अन्तिम सुनुवाइको पेसी सरेको छ । अन्तिम सुनुवाइ रोक्न माग गर्दै नेता नेपालले शुक्रबार (कात्तिक १३) विशेष अदालतमा निवेदन दिएका थिए ।
अदालतले मुद्दाको अन्तिम सुनुवाइका लागि आगामी कात्तिक १९ का लागि पेसी तय गरेको छ । उनले विशेष कामका लागि नेपालबाहिर जानुपर्ने व्यहोरा उल्लेख गर्दै निवेदन दिएका थिए ।








