साइबर सुरक्षा विज्ञले क्रिप्टोकरेन्सीमा भएको ठूलो ह्याकिङ घटनापछि बैंक तथा अन्य वित्तीय संस्थाहरू पनि यस्तै साइबर आक्रमणको जोखिममा रहेको चेतावनी दिएका छन्।

साइबर सुरक्षा कम्पनी चेक प्वाइन्टका विज्ञ जयन्त डेभका अनुसार, यो घटनालाई विशेष बनाउने पक्ष इन्क्रिप्सन तोड्नु वा निजी साँचो (प्राइभेट की) चोरी गर्नु नभई त्यसले कुन कारोबारलाई स्वीकृति दिने भन्ने नियन्त्रण प्रणालीमाथि कब्जा जमाउनु हो।