उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा नगरपालिका–१४ धाप्लाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ ।

यस सडकले उदयपुरको पुरानो बजार बेल्टार क्षेत्रलाई खोटाङ जिल्लासँग सिधा सडक सञ्जालमा जोड्नुका साथै स्थानीय व्यापार, पर्यटन र आर्थिक गतिविधिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।