काठमाडाैं,

बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ ।

बैजनाथ गाँउपालिका –४ बोरिङ बस्तीका ३६ वर्षीय कमल साहानीकाे जेठिनाला नदीमा नुहाउदा डुबेर मृत्यु भएकाे काेहलपुर इलाका प्रहरी कार्यालयले जनाएकाे छ।

प्रहरीका अनुसार साहानी आज बिहान ९ बजे घरदेखि दुई सय मिटर दक्षिण पर्ने नदीमा नुहाउन गएका थिए । उनलाई नदीमा डुब्दै गरेको अवस्थामा छिमेकीले देखेपछि उद्धार गरेर उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको र उनकाे शव मेडिकल कलेज काेहलपुरमा राखिएकाे प्रहरीले जानकारी दिए।

घटनाको वास्तविक विवरण आउन बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।