काठमाडाैं,
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार विरोधी अभियानमा सरकारलाई अहिलेकाे नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याइ अर्काे फाइल खाेल्न आग्रह गरेका छन्।
‘अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई लजिकल इन्ड(निष्कर्ष) मा पुर्याएर फेरि अर्को फाइल सरकारले खोलोस्’, लामिछानेले भने, ‘हामी सरकारमा नगए पनि सधैं साथ दिन तयार छौं।’
उनले आफूहरू रचनात्मक प्रतिपक्षमा बसेको भन्दै एजेन्डाका आधारमा मात्रै सरकारको विरोध र समर्थन हुने बताए। शनिबार भ्रष्टाचारविरोधी प्रदर्शनमा सहभागी हुन नक्सालस्थित नारायणचौर पुगेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयका कारण अन्य दलहरु दबावमा परेको बताए ।








