३१ बैशाख, काठमाडाैं । चितवनमा माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ। भरतपुर महानगरपालिका –२६ का ३६ वर्षीय दिपेन्द्रराज गिरीकाे मृत्यु भएकाे हाे।

शनिबार बेलुकी सवा ७ बजे वाग्मती प्रदेश –०६–००१ प २९६७ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भएकाे प्रहरीले जानकारी दिनुभयाे।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा घाइते भएका गिरीकाे जिल्ला अस्पतालमा उपचारकाे क्रममा बेलुकी ८ बजे मृत्यु भएकाे हाे