काठमाडाैं,

नवलपुरमा बाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ को तल्लो पिदारीमा रहेको मणिमुकुन्द सेन सामुदायिक वनमा वन रेखदेखका लागी खटिएका वनका हेरालु ४० वर्षीय योगबहादुर पल्लीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले बताए ।

वन क्षेत्रमा नै पल्लीमाथी बाघले आक्रमण गरेको हो । घाइते पल्लीलाई मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको लागि ल्याएका थिए। थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रिफर गरिएको छ।