काठमाडाैं,

चन्दा असुल गरेकाे आराेपमा विप्लवका दुई जना नेतालाई प्रहरीले पक्राउ गरेकाे छ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका एक जना विधार्थी नेता र अर्का एक जना मजदुर नेतालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका सचिवालय सदस्य धनबहादुर चन्द र अखिल नेपाल मजदुर संघका सदस्य अमृत कार्की रहेकाे छ।

उनिहरूलाई हिजाे राजधानीबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।