काठमाडाैं,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र नेपालका लागि वेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटसँग नेपालको आकाशलाई कालोसुचीबाट हटाई सिधा उडान गर्न पहल गरेका छन् ।

शुक्रबार भएको भेटका क्रममा किरातीले पोलिटसँग यस्तो आग्रह गरेका हुन् । बेलायत अहिले युरोपियन युनियन (ईयू)बाट अलग भइसकेको छ । ईयूले नेपालको आकाशलाई कालोसुचीमा राखेका कारण बेलायतसँग पनि नेपालको सिधा हवाई उडान हुन सकेको छैन्।

यस्तै भुतपूर्वगोर्खा सैनिकको समस्या दुई देशबीचको सवाल भएकोले स्थायी समाधानका लागि यथाशीघ्र पहल गर्ने विषयमा पनि उहाँहरुबीच कुराकानी भएको थियो। ।