काठमाडाैं,

आज प्रतिनिधिसभाको बैठक सुरू भएकाे छ। संघीय संसद भवन, वानेश्वरमा बैठक सुरु भएको हो ।

आजकाे बैठकमा धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्माननीय राष्ट्रपति महोदयले २०८० जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आ.ब. २०८०–८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफल प्रारम्भ गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसमाथि प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राख्न सु्रु गरेका छन् ।