काठमाडाैं,
सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि आइतवार प्रतिनिधि सभा बैठकमा भाग लिदैँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै आफ्नै पार्टीको पहलमा नियुक्त भएका प्रधानमन्त्रीले सरकारको मुटु प्रत्यारोपणमा लागेको टिप्पणी गरेका छन्।
आफूहरूले प्रधानमन्त्री बनाए पनि सरकार बनाउने समयमा तीनवटै दललाई बाहिर राखेकोमा ओलीको कटाक्ष थियो ‘नेकपा एमाले, रास्वपा, राप्रपालगायत दलको समर्थनमा नियुक्त हुनुभएका प्रधानमन्त्री, सरकारको मुटु प्रत्यारोपण तिर लाग्नुभयो,’ ओलीले भने ।
यस्तै,ओलीले उक्त प्रतिनिधि सभामा सरकार प्रर्णरुपमा चुकेको र असफल भएको पनि टिप्पणी गरेका हुन्।
‘संविधानले प्रत्याभूत गरेको रोजगारी, आवास लगायतका मौलिक हकहरु र राज्यका निर्देशक सिद्धान्तहरुलाई आधा मानेर नीति कार्यक्रम प्रस्तुत गर्न सरकार पूर्ण रुपमा चुकेको छ। असफल भएको छ,’ अध्यक्ष ओलीले भने।







