काठमाडाैं,
स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरेकाे भन्दै महाराजगन्ज नर्सिङ क्याम्पस विरुद्ध अख्तियारमा उजुरी परेको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक कुमार बडालले क्याम्पस प्रमुख प्रा. मुना रानाले स्ववियु कोष र पाठ्यक्रम विकास कोषको रकम हिनामिना गरी आफूलाई लाभ र सार्वजनिक संस्थालाई हानी पुर्याउने गरेको आरोप उजुरीमा लगाइएको छ।
क्याम्पस प्रमुख रानाले हिमालयन बैंकमा रहेको क्याम्पसको प्रकाशन समितिको खाता नम्बर ००२०५६९३६७००१३ बाट सोही बैंकको आफ्नो व्यक्तिगत खातामा ११ लाख ७४ हजार ट्रान्सफर गरी व्यक्तीगत रुपमा गैरकानुनी लाभ लिएको र सार्वजनिक संस्थालाई हानी पुर्याउने कार्य गरेको उजुरीमा दाबी गरिएको छ।