काठमाडाैं,

घाँस काट्ने क्रममा रुखबाट खसेर सिन्धुलीमा एक जना महिलाकाे मृत्यु भएकाे छ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ चिसापानी बस्ने ५० वर्षीया शान्तिमाया माझीको मृत्यु भएको छ ।

आफ्नै बारीमा रहेको स्वामीको रूखमा चढी स्याउला झार्ने क्रममा रूखबाट खसेर माझीको मृत्यु भएको  प्रहरीले जनाएको छ ।