काठमाडाैं,
नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले सिन्धुलीमा भएकाे घट्नाबारे निश्पक्ष छानबिन गर्दै दाेषीलाई कारबाही गर्न माग गरेका छन्। आज बुधबार प्रतिनिधि सभामा बोल्ने क्रममा सांसद घिमिरे उक्त माग गरेका हुन्।
सांसद घिमिरेले अस्पतालमा बिरामीको मृत्यु भएको र त्यसपछि अस्पतालमा तोडफोड समेत भएको कुरा राख्दै घटनाको छिटोभन्दा छिटो निश्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन्।
उनले भने ‘सिन्धुली जिल्ला अस्पताल तनावग्रस्त छ। एकजनाको ज्यान गएको छ। अस्पतालमा तोडफोड भएको छ। देशमा कानुन र विधिको सासन छ कि छैन? म सरकारसँग प्रश्न गर्न चाहन्छु। यसघटनाको छिटो र निश्पक्ष छानबिन गरी दोषिमाथि कारबाही गरियोस् भनेर माग पनि गर्दछु,’।
सिन्धुली अस्पतालमा मंगलबार उपचारका क्रममा कमलामाई नगरपालिका-५ की २९ वर्षीया गंगा गुरुङको मृत्युपछि अस्पतालमा आफन्त र स्थानीय विरोधमा उत्रेका थिए। सो क्रममा भएको ढुंगामुढाका क्रममा अस्पतालका झ्यालहरु फुटेका छन्। अस्पतालका अन्य स्थानमा पनि तोडफोड भएको बताइएको छ।