काठमाडाैं,
कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको परीक्षा चलिरहेको बताएका छन्। यो परीक्षामा पास हुन सकेमा मात्रै उसले गरेका वाचा पत्याउन सकिने उनको भनाइ छ।
बुधवारको संसदमा विशेष समयमा आफ्नो धारणा राख्दै थापाले यसमा सरकारकाे परीक्षा चलिरहेकाे बताएका हुन्।
उनले भने, ‘अहिले सरकारको परीक्षा पनि छ। सरकारको परीक्षापछि न्यायलयको परीक्षा छ। न्यायलयले न्याय दिएँ भनेर मात्रै हुँदैन, अनुभूति हुनुपर्छ।’ अहिले नामहरु आउँदै गर्दा लाज पनि लजाउने अवस्था बनेको उल्लेख गर्दै उनले याे विषयलाइ राम्राेसँग टुंग्याए सरकारकाे बाँचामा बिश्वास हुने बताए।
यस्तै राज्यविराेधी अपराधमा मुछिएका एक एक मान्छेमाथी छानबिन गरी कारबाही गर्नुपर्ने र घरकाे मान्छे हाेस् कि बार्दलीकाे मान्छे हाेस् काेही छुट्न नहुने सांसद गंगन थापाले उल्लेख गरेका छन्।