काठमाडाैं,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिताकाे विषयलाइ लिएर मान्छलाई इरिटेट गर्ने सिमा हुने बताएका छन्।आज सामाजिक सञ्जालमार्फत् रविले यस्ताे बताएका हुन्।
‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ’,सामाजिक सञ्जालमा उनी लेख्छन्, ‘घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।’
रविलेआफूले नागरिकता प्रकरणमा सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाकाे प्रकरण नं.२२, २८ र ३२ मा अमेरिकी नागरिकता त्यागेको पुष्टि गरेको बताएका छन्। साथै, आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुन:कायम गरेको बताउँदै यस विषयमा जोडेर धेरैँ इरिटेट नबनाउन आग्रहसमेत गरेका छन्।
युवराज पौडेलले सभापति लामिछानेको सांसद पद खारेजीको माग गर्दै दायर गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको थियो। उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ।








