काठमाडाैं,११ जेठ
त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा यही जेठ १६ गतेबाट बर्खे बिदा हुने भएको छ।
गत सोमबार बसेको त्रिभुवन विश्वविधालय कार्यकारी परिषदकाे बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा पूर्वव्यवस्था अनुसार बर्खे बिदा गर्ने निर्णय गरेको हो।
त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्दप्रसाद दाहालका अनुसार शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई यस वर्षको बर्खे बिदा आआफ्नो निकायको अनुकुलता (परीक्षा कक्षा सञ्चालन आदि अवस्था) मध्यनजर गरी जेठ १६ गते उप्रान्त बढीमा २० दिनसम्म दिन सकिने निर्णय भएको हाे।