काठमाडाैं,
जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीबारसम्म मिटरब्याजीविरुद्ध १ हजार ७५ निवेदन दर्ता भएका छन् ।
बिहीबार दिउँसो साढे दुई बजेसम्मको अवधिमा १ हजार ७५ मिटरब्याजपीडितले मिटरब्याजीविरुद्ध निवेदन दर्ता गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका प्रवक्ता भिमकान्त पाैडेलले बताए।
‘मिटरब्याजीविरुद्धको निवेदन अनलाइन दर्ता भइरहेको छ,’ उनले भने, ‘वैशाख १७ देखि यसरी निवेदन दर्ता गर्न थालिएकोमा म्याद थप गरेर जेठ १४ सम्म निर्धारण गरिएको छ ।’ जिल्लाभरिका १४ वटै स्थानीय तहबाट मिटरब्याजीविरुद्ध निवेदन दर्ता भएको उनले बताए ।
विशेषगरी लेनदेन र जग्गा जमिनसम्बन्धी मिटरब्याजपीडितहरूको निवेदन दर्ता भएको छ । सबै निवेदन संकलन गरी मिटरब्याजको समस्या समाधान गर्न गठित आयोगमा पठाइने उनले बताए ।