काठमाडाैं,

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठबाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री र पूर्व राजदूतहरूले आफ्नो भारत भ्रमणका क्रममा राष्ट्र हितका बारेमा सकारात्मक सुझाव दिएको बताएका छन्।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्व प्रधानमन्त्री लगायत सरोकारवालासँगको छलफलपछि प्रधानमन्त्रीले सुझाव लिने क्रम जारी रहेको भन्दै अहिलेसम्म आएका सुझावहरू सकारात्मक रहेको जानकारी दिएका हुन् ।

‘भारत भ्रमणका बारेमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री सबै दलका नेताहरू र विज्ञहरूको सुझाव लिने क्रम चलिरहेको छ’, प्रधानमन्त्रीले भने, ‘पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरुको टिप्पणी सुनेँ । अरू सुझाव आउँदै छ ।’ प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म आएका सुझाव सकारात्मक रहेको भन्दै राष्ट्रको हितमा के गर्नुपर्छ भनेर सुझावहरू आएको बताए ।