काठमाडाैं,

रुसले युक्रेनको राजधानी किएभमा आइतवार गरेको ड्रोन आक्रमणको लहरले एकजनाको मृत्यु र अर्का एक जना घाइते भइ अस्पतालमा भर्ना भएकाे  त्यहाँका मेयर भिताली क्लित्स्कोले बताएका छन् ।

इरानमा बनेको शाहेद ड्रोनहरू व्यापक संख्यामा रुसले प्रहार गरेको युक्रेनी सेनाको भनाइ छ । प्रहार गरिएका ५४ मध्ये ५२ ड्रोनलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले खसाएको युक्रेनी सुरक्षा अधिकारीहरू बताउँछन् ।

किएभ स्थापना भएको १५ सय ४१ वर्ष पुगेको खुशियाली मनाइरहेका युक्रेनीहरू ड्रोन आक्रमणको शिकार बनेका हुन् ।