१६ जेठ,काठमाडाैं
भारतको जम्मु-श्रीनगर राजमार्गअन्तर्गत जम्मुको कटराबाट १५ किलोमिटर टाढा झज्जर कोटली नजिकको पुलबाट खसेर बस दुर्घटना भएको छ।
मंगलबार बिहान भएको उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएको द टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। बस अमृतसरबाट वैष्णोदेवी जाँदै थियो। जसमा ७५ यात्रु सवार थिए। सबै यात्रु बिहारका हुन्।
दुर्घटनामा भएका घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ। गम्भीर घाइतेलाई जिएमसी जम्मुमा भर्ना गरिएको छ। अन्य घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको बताइएको छ