काठमाडाैं,
धादिङमा भीरबाट लडेर आमा-छोराको मृत्यु भएको छ। बेनीघाट राेराङ गाउँपालिका -२ जौलाखाइस्थित कात्तिके चुली जंगलमा घाँस काट्न जानेक्रममा भीरबाट लडेर १९ वर्षीया अप्सरा चेपाङ र उनकाे २ वर्षीय छोरा साजन चेपाङकाे मृत्यु भएकाे हाे।
सोमबार अपराह्न साढे ५ बजे आमा छाेरा साे जङ्गलमा घाँस काट्न गएका थिए। त्यही बेला चिप्लिएर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए।
प्रहरीका अनुसार अप्सरा भने गम्भिर घाइते भएकी थिइन्। उनकाे उपचारकाे लागी मलेखुको टिचिङ अस्पताल ल्याइएकाे थियाे।उनको पनि राति ९ बजेतिर अपतालमा मृत्यु भएको हाे।