२१ जेठ, काठमाडाैं
प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा प्रक्रिया नपुर्याएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरूले विदेशीको चाहनाअनुसार संसदमा छलफल नै नगरी नागरिकता विद्येयक प्रमाणीकरण गरेको पनि आरोप लगाएको छ ।
आइतबारको बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले नागरिकता विधेयक प्रमाणिकरणमा संविधानको उल्लंघन भएको र फुलबारी नाकाको साटोमा कालापानी छाड्न तयार रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा जवाफ नदिउन्जेल चल्न नदिने बताएका छन् ।