२२ जेठ, काठमाडाैं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतकाे भ्रमणका क्रममा नेपालकाे भुमि साट्ने कुरा नभएकाे स्पष्ट पारेका छन्।।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले आफूले नेपालको भूमि साट्ने कुरा नभएको बताएका हुन् । उनले नेपालको भूमि स्थापित गर्ने विषय पहिलो प्राथमिकताको कुरा भएको बताए ।
आफ्नो भारत भ्रमणमा सीमा विवाद समाधान नगरी दुई देशबीचको सम्बन्ध उचाइ नपुग्ने बताएको र यसबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सीमा विवाद समाधान गर्ने बताएको प्रधानमन्त्री प्रचण्डले बताए ।
तर, बङ्गलादेशसम्मको पहुँचका लागि नेपाली भूमि साट्न सकिन्छ भनेर विज्ञले भनेका छन् भनेर बोलेको कुरालाई नेपाली भूमि साट्यो भनेर हल्ला चलाइएकोप्रति प्रचण्डले आपत्ति जनाएका छन्। भ्रमणमा ऊर्जा, सीमा विवाद, हवाई रुटलगायतका विषयमा महत्वपूर्ण सहमति भएको उनले संसद्लाई जानकारी गराए।
यस्तै, जलविद्युतमा सहकार्य गर्ने, दीर्घकालीन ऊर्जा व्यापारमा नेपाल–भारत–बंगलादेशबीच त्रिपक्षीय सम्झौताको नजिक पुगेको उनले बताए।








