२३ जेठ, काठमाडाैं
पर्यटन र फिल्म प्रवद्र्धन गर्ने उद्देश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना हुँदै छ। मंगलबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा आगामी असोज ४ गतेदेखि ६ गतेसम्म सुर्खेतमा महोत्सव हुन लागेको जानकारी दिइएकाे छ।
‘नेपाल घुमौं, नेपाल चिनौं’ नारासहित महोत्सव आयोजना गर्न लागिएको संयोजक तथा अन्तर्राष्ट्रिय रुपमै राम्रो कमाइ गरेको फिल्म ‘प्रेमगीत ३’का निर्माता चक्रबहादुर चन्दले बताए ।
फिल्म छायांकनको प्रचूर सम्भावना भएको कर्णाली क्षेत्रलाई प्रतिनिधित्व हुनेगरी महोत्सव आयोजना गर्न प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले समेत सघाउने भएका छन्।