२३ जेठ ,काठमाडाैं
नेपालगञ्जको राँझास्थित आदर्श माविमा पढाउने शिक्षक रविन्द्र रेग्मी जंगलमा मृत भेटिएका छन्।
रेग्मी सोमबार दिउँसो साढे १ बजे स्कुलबाट निस्किएर बजार हुँदै घर गई बैठकमा जाने भन्दै निस्केका थिए ।
राति अबेरसम्म घर नआएपछि उनको खोजी थालिएको थियो। आज पूर्वपश्चिम राजमार्गको ढकेरी नजिकै जंगलमा रेग्मीको शव जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
उनि चढ्ने मैटरसाइकल भने सडकमै भेटिएको छ भने शव शव राजमार्गदेखि सय मिटर टाढा रहेकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार उक्त घटनाबारे थप अनुसन्धान भइरहेकाे छ।








