२४ जेठ,काठमाडाैं
भक्तपुरमा एकैदिन दुई स्थानमा चोरीका घटनाहरू भएका छन् । मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो ।
मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार कुटु टोल डेरा गरी बस्ने झापा दमक नगरपालिका–३ घर भएकी बबिता भट्टराईको डेरा कोठाबाट नगद १६ हजार र सुनको विभिन्न गहना गरी करिब ७ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
यसैगरी भक्तपुर,चाँगुनारायण नगरपालिका-५ छालिङ भिमसेन टोल बस्ने निर्मला वनको घरबाट ढोकाको ताला फुटाई नगद ३१ हजार र सुनको विभिन्न गहना गरी करिब १० लाख ९६ हजार ६ सय २५ रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।