२५ जेठ, काठमाडाैं

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले संसदमा असंसदीय शब्द प्रयोग गरेपछि महिला सांसदहरुले विरोध गरेका छन् ।

विहिबार प्रतिनिधिसभामा बजेट बारे आफ्नो धारणा राख्नेक्रममा चौधरीले नेपालमा किसानले समयमै मल पाउन नसकेको भन्दै सांसद चौधरीले धान रोपाईं गर्ने बेलामा सरकारले मल ल्याउने तत्परता देखाउने गरेको बताउन ‘जब पर्‍यो राति तब … ‘भन्ने उखान सुनाएका थिए ।

सांसद चौधरीले भने, ‘जब धान रोप्ने बेला सुरु हुन्छ सरकार रासायनिक मलको खोजीमा हतारिन्छ। जब पर्‍यो राति तब बुढी ताती भन्ने हाम्रो उखान नै छ नि!’

उखानका नाममा यस्तो शब्द प्रयोग भएको र संसदीय रेकर्डबाट हटाउनुपर्न माग गर्दै महिला सांसदहरुले नियमापत्ति गरेपछि सभामुख घिमिरेले रेकर्डबाट हटाउन निर्देश गरेका हुन् ।