२५ जेठ, काठमाडाैं

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भलाइ लिएर संसद्मा भएको सवाल जवाफप्रति आत्मआलोचना  गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा बजेटको सामान्य छलफलमा भाग लिँदै सभापति लामिछानेले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा संसद्मा जे नहुनुपर्ने थियो त्यो भएको स्वीकार्दै सांसद लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएको गलत बहसमा आफूले आत्मआलोचना गर्ने बताए ।

‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित भएका छौँ । यो गलत कार्य हो । नहुनुपर्ने कार्य हो हाम्रो पार्टीबाट भएको गल्तीमा म आत्मआलोचना गर्न चाहन्छु’ लामिछानेले भने ।