गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन

समाचार शेयर गर्नुहोस्

२५ जेठ, काठमाडाैं

गोली लागेर घाइते भएकी म्यानमारकी गायिका लिली नाइङ क्यावको निधन भएको छ । टाउकोमा गोली लागेर घाइते भई याङ्गुन अस्पतालमा उपचाररत गायिका क्याबको एक साता पछि मृत्यु भएको हो । कथित रूपमा सेनाको विरोध गर्ने बन्दुकधारीहरूले उनी माथी गोली हानेका थिए ।

उनको मृत्युले सैन्य समर्थकहरूलाई मात्र होइन, सेना समर्थक मिडियामा काम गर्ने सेलिब्रेटीहरूलाई पनि स्तब्ध बनाएको जनाईएको छ ।बीवीसीका अनुसार ५८ वर्षीया गायिका क्याब सेनाका उच्च अधिकारी तथा जुन्ताका शिर्ष नेताहरूको नजिक थिइन्  । उनलाई जुन्ताको सूचनादाता भएको आरोप पनि लगाउदै आईएको थियो ।

उनको हत्याको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरु सेनाको विरुद्धमा सहरी छापामार गरिरहेका समूहसँग सम्बन्धित रहेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *