२५ जेठ,काठमाडाैं
राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले भारतस्थित नेपाली दूतावासको नाम अहिले पनि शाही नेपाली राजदूताबास लेखिएको भन्दै नाम सुधार्न माग गरेका छन्।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद देवकोटाले मुलुकमा गणतन्त्र आएको डेढ दशक नाघिसक्दा पनि भारतका लागि नेपाली राजदूतावासको नाम सुधार नभएको भन्दै अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘गणतन्त्र आएको लामोसमय बितिसक्दा पनि अझै भारतमा रहेको नेपाली राजदूतावासको नाम परिवर्तन नहुनु राम्रो भएन। यस्ता नाम अन्य कुन कुन देशमा छन् ती सबैको सुधार हुनुपर्छ।’ सांसद देवकोटाले नक्कली भुटानी शरणार्थीको विषयबारे सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरे ।