२५ जेठ, काठमाडाैं
रुसी नियन्त्रणमा रहेको खेरसनमा पर्ने नोभा काखोभ बाँध भत्किँदा कम्तीमा आठ जनाको ज्यान गएको बताइएको छ। युक्रेनी अधिकारीहरूले कम्तीमा तीनजना र रुसी प्रभावित क्षेत्रतर्फ कम्तीमा पाँचजनाको मृत्यु भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बाँध विस्फोटबाट प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । बाढीग्रस्त क्षेत्रमा विस्फोट ल्यान्ड माइन र अन्य खतरनाक रसायनहरूका कारण जोखिम हुनसक्ने चेतावनी दिइएको छ ।
काखोभका बाँधको बाढीले १५ महिनाको युद्धका बेला थापिएका विस्फोट ल्यान्ड माइन बगाएर ल्याउँदा त्यस क्षेत्रका नागरिकहरूका लागि आगामी दशकसम्म नै गम्भीर खतरा निम्त्याउन सक्ने रेड क्रसको चेतावनी छ